About Us

Accounting & support of your business


About Us

सहकारी ऐन २०७४ अन्र्तगत अन्तराष्ट्रिय मुल्य मान्यता तथा सिद्धान्तहरुलाई आधार मानेर २०७८ मा दर्ता भई स्थापना भएको बचत तथा ऋण सहकारी संस्था लिमिटेड वितिय कारोबार गर्न सहकारी नियमवाली २०७५ अनुसार ‘ग’ वर्गको स्वीकृत यस संस्थाले माप्य दुधकोशी गाउँपालिका, खास्ताप सोलुखुम्बु केन्द्धीय कार्यालय बनाई सदस्यहरुको सेवामा समर्पित भई सहकारी मुल्य मान्यता, आदेश र निरन्तर वितिय अनुसानमा रहि कारोबार गरिरहेको छ । समाजमा निष्क्रिय भएर रहेको स–साना पूँजीलाई एकीकृत गर्ने सदस्यहरुलाई विभिन्न व्यवसाय तथा सीप विकासमा महत्वपूर्ण योगदान दिई सरल एव्म सहज ढंगले कर्जा प्रवाह गरी स्वरोजगार तथा व्यवसायिक संस्थाको रुपमा स्थापित गर्दै लैजाने तथा सदस्यहरुको आम्दानी तथा रोजगार वद्धि गरी जिविकोपाजनमा सुधार ल्याउने यस संस्थाको मुख्य उद्देश्य छ । लामो समय देखि वित्तिय, सामाजिक एव्म विभिन्न क्षेत्रमा आवद्ध रहि अनुभव हासिल गर्नु भएका वौद्धिक स्थापित व्यक्तिहरु यस संस्थाको सञ्चालक समिति,सल्लाहकार समिति, लेखा समिति, शिक्षा समिति, ऋण उपसमिति तथा अन्य संस्थापक वोर्ड शेयर र व्यवस्थापनमा सक्रिय हुनुहुन्छ ।